हेडलाईनसमाचार

पर्वतको कार्कीनेटामा पहिरो :  दुईजना पुरिए

प्रहार समाचार । पर्वत २२ असार २०८१ । पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिरोमा परेर   दुईजना पुरिएका छन् ।

तस्विर : फाइल फोटो



स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उनका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३२ वर्षीय तुलसीराम पौडेल पुरिएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । 

उक्त स्थानमा थप पहिरो आउने जोखिम रहेकाले थप मानवीय क्षति हुन नदिन उद्धारकर्ताले सुरक्षालाई ध्यानमा राखेरका काम अगाडि नबढेको कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त उपाध्याले जानकारी दिए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button