प्रहार समाचार । तनहुँ २२ असार २०८१ । शुक्रवार रातिदेखि आएको अविरल वर्षाकाकारण तनहुँ जिल्लाको शुक्लागण्डकी–७ काउरेमा आज शनिवार गएको पहिरोमा परि तीन जना बेपत्ता भएका छन्। बेपत्ता भएका तीन मध्ये एक जनाको शव फेला परेको छ ।

पहिरामा परि बेपत्ता भएकी घरधनी ४० बर्षीय हीरा नेपाली मृत फेला परेकी हुन् । घरमाथिबाट आएको पहिरामा परि छिमेकी ३७ बर्षकी अनिशा बास्तोला र ६५ बर्षका श्याम बहादुर भण्डारी अझै बेपत्ता रहेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
पहिरोमा परि हराईरहेका दुई जनाको खोजी कार्य जारि रहेको छ। खोजि कार्यमा नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी बल र स्थानीयबासीको सहयोग भईरहेको प्रहरीले बताएको छ l यो समाचार तयार पार्दा सम्म हराइरहेको दुईजना फेला पर्ने सकेका छैनन् । उक्त पहिरामा परि चार जना घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ।
अबिरल बर्षापछि पहिरा खस्ने खतरा बढेपछि हिरा नेपालीको घरको सामान सार्न गएका बेला छिमेकी बास्तोला र भण्डारी समेत पहिरामा परि बेपत्ता भएका हुन् ।

























