प्रहार समाचार । तनहुँ असार २०८१ ।व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने इन्डोनेसियाको जकर्तामा इन्टरनेसनल मेयर फोरममा सहभागी भएका छन् ।

न्यौपानेको स्वकीय सचिवालयले अन्तराष्ट्रिय मेयरहरुको सम्मेलनमा भाग लिनकेहि दिन अगाडी नगर प्रमुख न्यौपाने त्यहाँ पुगेको जनाएको छ।
मेयर न्यौपानेले नेपालको तर्फबाट नगरपालिकाको वस्तुस्थिति तथा आफ्ना धारणाहरु त्यहाँ राख्ने भएका छन् । कार्यक्रम अंग्रेजी तारिक अनुसार जुलाई २,३ र ४ गते अर्थात आज असार १८,१९ र २० गते सम्म चल्ने छ।

























