हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाको लिफ्ट नबन्दा अपाङ्गहरूलाई सास्ती : एक महिनासम्म पनि मर्मत भएन

प्रहार समाचार । तनहुँ १६ असार २०८१ । तनहुँको व्यास नगरपालिकाको नयाँ मुख्य प्रशासनिक भवनमा राखिएको लिफ्ट एक महिनासम्म बिग्रँदा पनि मर्मत हुन सकेको छैन। जसका कारण अपाङ्ग, वृद्ध बृद्धा र अशक्त हरुले ठूलो शास्ति बेहोर्न परेको छ।

सहृदयी मञ्य तनहुँकी अध्यक्ष साबित्री सुबेदी एक महिनासम्म पनि बिग्रिएको लिफ्ट नगरपालिकाले नबनाउँदा नगरपालिकामा सेवालिन आउने अपाङ, बृद्धबृद्धा, अशक्तहरुलाई ठूलो समस्या परेको बताइन् ।

समाचार श्रोतका अनुसार व्यास नगरपालिकाको पुस्तकालय शाखामा कार्यरत एक अपाङ्ग कर्मचारी लिफ्ट बिग्रिएकैकारण बिगत एक महिनादेखि कार्यालयमा नआएको बताइएको छ।
यस सम्बन्धमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिराम गैह्रे लिफ्ट बनाउन नगरपालिका लागिपरेको बताउँदै लिफ्ट बनाउने टेक्निसियन नआइदिंदा ढिला भएको बताए ।


योजना शाखाका अधिकृत भेषराज तिवारी काठमाडौंको आर यम एस इन्टरनेस्नल कम्पनीसंग वार्षिक ९० हजार भुक्तानी गर्ने गरि मर्मत संझौता भएतापनि असार मसन्त भएकाले कम्पनीले नै ढिला गरेको बताए ।  ‘२० गते सम्म , प्राविधिक आउँछु भनेको छ’ तिवारीले प्रहार समाचारसंग कुरा गर्दै भने । यता सर्व साधारण भने लिफ्ट नबन्दा ठूलो समस्यामा परेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button