हेडलाईनसमाचारभानुगण्डकी

जिल्ला टपिन भानुकी छात्रा रञ्जिला क्षेत्रीले

प्रहार समाचार । तनहुँ, १४ असार २०८१ ।तनहुँको भानु नगरपालिका वडा नं २ मा रहेको होमराज लोहनी शारदा शिक्षा सदनकी छात्रा रञ्जिला क्षेत्रीले एसईई परीक्षामा ४ जिपिए ल्याई तनहुँ जिल्ला टप्न सफल भएकी छन् ।

तनहुँबाट क्षेत्रीले मात्रै चारजीपीए प्राप्त गरि जिल्ला प्रथम हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । यस वर्षको परीक्षामा तनहुँबाट ४ हजार ३ सय ४६ परीक्षार्थी सहभागी थिए। त्यसमध्ये साधारणतर्फ ५ हजार २ सय ३१ र प्राविधिक तर्फ १ सय ३३ परीक्षार्थी सहभागी थिए।

हिंजो सार्वजनिक नतिजा अनुसार साधारणतर्फ ११ कक्षा पढ्न पाउने गरी २ हजार१ सय ७८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।प्राविधिक तर्फ ११ कक्षामा पढ्न पाउने गरी ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन्। तनहुँ जिल्लामा यस वर्ष ४२ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन्। देशभरबाट परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये ८६ परीक्षार्थीले ४ जिपिए ल्याए छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button