प्रहार समाचार । लमजुङ, १३ असार २०८१ । अबिरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर लमजुङमा एकै परिवारका चार जनाको मृत्यू भएको छ।

प्राप्त समाचार अनुसार लमजुङ जिल्लामाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराती पहिरो खस्दा चार जनाको मृत्यु भएको हो।
पहिरामा पुरिएर स्थानिय ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेको बताएको छ। पहिरोकै कारण लमजुङमा अन्य धेरै घरहरूपनि जोखिममा रहेका छन् ।
























