• विजय अधिकारी । लमजुङ, १२ असार २०८१ । लमजुङको बेसिशहर नगरपालिका वडा नम्बर ११ चिति स्याउतमा गयराती पहिरोले पुरिदा एकजनाको मृत्यु भएको छ।

अविरल वर्षकाकारण आएको पहिरोले पुरिंदा १६ वर्षीय विकल सुनारको मृत्यू भएको प्रहरीले जनाएको छ।
पहिरोमा परी उनका दाई १८ वर्षीय मिलन सुनार घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा भाई विकल सुनारको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाईते मिलन सुनारको लमजुङ जिल्ला अस्पतालमा उपचार भईरहेको छ।




















