प्रहार समाचार । कास्की १२ असार २०८१ । अविरल वर्षाकाकारण आएको पहिरोले पुरिएर कास्कीमा दुई बालबालिकाको ज्यान गएको छ । मादी गाउँपालिका– ५ चितेपानी घुम्तीमा गएराति २ बजेतिर घरपछाडिबाट ढिस्को खस्दा प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुष्माको ज्यान गएको हो ।

यस्तै गएराति नै ३ बजेतिर पोखरा महानगरपालिका २७, आरुपाटामा घरमाथि ढिस्को खस्दा हरि सुनारका ३ वर्षीय छोरा अनमोल सुनारको ज्यान गएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । हरिकी श्रीमती २७ वर्षीया ऋतु सुनार गम्भीर घाइते भएकी छिन् ।
घाइते भएकी सुनारको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
























