हेडलाईनसमाचारगण्डकी

पहिरोले घर बगाउँदा लमजुङमा एकै परिवारका ४ जना बेपत्ता

प्रहार समाचार । लमजुङ, १२ असार २०८१ । अविरल वर्षाकाकारण लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । 

क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा गएराति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले बताए । 

बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ७ वर्षीया नातिनी इच्छा गुरुङ र ५ वर्षीया नातिनी नम्रता गुरुङ छन् ।  बेपत्ताको खोजी भईरहेको प्रहरीले जनाएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button