प्रहार समाचार । काठमाडौँ, ६ असार २०८१ । प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै ढाँचा पुनर्संरचना गरेर सञ्चालन गर्न महाशाखा गठन गरिने भएको छ। प्रधानमन्त्री रोजगारकार्यक्रम पुनर्संरचनालाई सहयोग पुग्नेगरी आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गरिने भएको हो ।

आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ देखि संञ्चालन गरिने भएको छ। महाशाखामार्फत् सामाजिक संरक्षण र रोजगारी सिर्जनाका लागि सञ्चालित यस कार्यक्रमलाई सीप विकास, उद्यमशीलता विकास, स्वरोजगार र उत्पादनसँग जोडेर लैजाने उद्देश्य राखिएको छ ।
साथै उक्त महाशाखाले आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने सम्बन्धित सरोकारवाला निकाय र जिम्मेवार संस्था वा पदाधिकारीसँग समन्वयात्मक कार्य पनि गर्ने छ ।
























