हेडलाईनसमाचारप्रदेश

रुपन्देहीमा दुर्घटना हुँदा तीन जनाको निधन

प्रहार समाचार । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको निजी कार रुपन्देहिमा दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । दुर्घटनामा परी २ जना घाइते भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बुटवलमाथिको डाँडा नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको  कार सडकदेखि करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनमा परी मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल उपमहानगरपालिका–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी घाइते उनीहरूलाई उद्धारगरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैगरी दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।  दुर्घटना बुधबार साँझ भएको थियो । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button