हेडलाईनव्याससमाचारगण्डकी

आत्मनिर्भरको बाटोमा व्यास-३ का युवायुवतीहरु

प्रहार समाचार । तनहुँ, जेठ ३० । पहिले पछिल्लो समय सौयौंको संख्यामा युवायुवतीहरु रोजगरीका लागि विदेश हानिने गरिरहेका छन् । तर व्यास नगरपालिका वडा नं ३ का युवायुवतीहरु भने स्वदेशमानै त्यहिमाथि आफ्नै वडामा  सिप सिकेर स्वरोजगारको बाटोतर्फ लाग्नुपर्छ भनेर कम्मर कसेका छन्।

३ नं वडा कार्यालयले आफ्नो वडा भित्रका जुझारू, केहि गरौं भन्ने सोचका युवायुवतीहरुलाई स्वरोजगार बनाउने  निति लिए बमोजिम व्यास ३ का युवायुवतीहरुलाई सीपमूलक बारिष्टा कफि बनाउने तालिम प्रदान गरेको हो। युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले आधारभूत तालिम प्रदान गरिएको वडा अध्यक्ष अनुप रानाले बताए।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाका यूवा यूवतीहरुलाई सिपमूलक तालिम प्रदान गरि स्वरोजगारको वातावरण सृजना गरि बेरोजगारी हटाउनु नगरपालिकाको प्रमुख उद्देश्य रहेको बताए ।’ विदेश पलायन हुने परम्परा हटाउन सिपालक तालिम १४ वटै वडामा सञ्चालन गरिने छ’ नगरप्रमुख न्यौपानेले भने ।  तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्न सके आत्मनिर्भर बन्न सहयोग पुग्ने नगरप्रमुख न्यौपानेको दावी छ ।

तनहुँ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ अहिले देशको प्रमुख समस्या भनेकै बेरोजगारी भएकाले तालिमले व्यक्तिमा आत्मविश्वास बढाउँदै स्वदेशमानै केहि गरौं भन्ने भावना बिकास हुने बताउछन् ।
कार्यक्रममा वडासदस्य श्रीमाया विक,शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ,वडा महिला समन्वय समितिका उपाध्यक्ष केशकुमारी राना,प्रशिक्षार्थीकातर्फबाट अशोक राना लगायतका वक्ताहरुले तालिमलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य बिनु श्रेष्ठ र कार्यक्रम संचालन वडासचिव सावित्री आचार्य गरेकी थिइन् । 

४५ दिन सम्म चलेको तालिममा ३३ जना यूवा यूवतीहरुको सहभागीता रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button