हेडलाईनसमाचारगण्डकी

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री देवकोटा र मनाङेले लिए सपथ

प्रहार समाचार । पोखरा, जेठ २९ । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणिन्द्र देवकोटा र राजीव गुरुङ उर्फ दीपक मनाङले सपथ लिएका छन्।

नेपाल समाजवादी पार्टीका नेता तथा माओवादी सांसद देवकोटा देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका हुन् ।

देवकोटाले माओवादीको ह्वीप लाई अटेर गरि फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार गरेका हुन् । योसँगै गण्डकी मन्त्रिमण्डल ५ सदस्यीय पुगेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button