प्रहार समाचार ।तनहुँ ,चैत २३। सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारप्रतिदिन स्वदेशी श्रमशक्ति विदेश पलायन हुन बाध्य रहन परेको छ।सरकारले वैदेशिक रोजगारीको लागि खुल्ला गरेका १ सय ११ देशमा नेपालका श्रमिकहरू जान बाध्य रहेका छन्।

सुरक्षित आप्रवासन (सामी ) कार्यक्रम व्यास नगरपालिका तनहुँका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्र श्रम स्वीकृति नलिई अवैधानिक रुपमा पनि हजारौंको संख्यामा नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा गएको बताउँछन् । यसरी श्रम स्विकृति बिनानै विदेश जाँदा केहि भैहालेमा ठूलो समस्या आउने र कानुनी रूपमा समस्यामा परेकालाई उद्द्धार गर्न समस्या हुने गर्दछ ।
नेपालबाट मुख्य गन्तव्य मुलुकहरूमा मलेसिया/ खाडी मुलुकहरू तथा पछिल्लो समय युरोपियन मुलुकहरूमा जानेहरूको सङ्ख्या पनि दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ। नेपालबाट श्रम स्वीकृति लिएर जाने वैदेशिक रोजगारमा जाने को संख्या ७१ लाख नाघिसकेको र हाल दैनिक सरदर २५ सय जना वैदेशिक रोजगारीमा जाने गरेको आर्थिक वर्ष २०७९/ ८० को तथ्याङ्कमा उल्लेख छ।
परियोजनाका अनुसार नेपालमा हाल दैनिक ३ देखि ५ वटा लासहरू भित्रिने गरेको छ। भएका उद्योगधन्दाहरू बन्द हुनु ,नयाँ उद्योग धन्दा नखोल्नु तथा देशमा गरी खाने वातावरण नभएपछि विदेशीको संख्या अझै बढ्न सक्ने विज्ञहरूको भनाई छ























