हेडलाईनसमाचारप्रदेश

न्याय सेवाअन्तर्गतका १० कर्मचारीहरु जिल्ला न्यायाधीशमा सिफारिस

प्रहार समाचार । काठमाडौँ, चैत२२ ।  न्याय सेवा अन्तर्गतका १० कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरिएको छ। न्याय परिषद्को बिहीवारको बैठकले उनिहरुलाई नियुक्ति सिफारिस गरेको जनाएको छ।

जिल्ला न्यायाधीशको सिफारिसमा परेकाहरूमा दोलखाको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, सर्वोच्च अदालतका इजलास अधिकृत नरेन्द्रप्रसाद बूढा, उपरजिष्ट्रार महेन्द्रबहादुर कार्की, उच्च अदालत विराटनगरको इलाम इजलासका रजिष्ट्रार जीवनकुमार भण्डारी रहेका छन् ।

यसैगरि उच्च अदालत पोखराको बागलुङ इजलासका रजिष्ट्रार मुकुन्द आचार्य, महान्यायाधिवक्ताको कार्यालयका उपमहान्यायाधिवक्ता विमला रेग्मी, बाजुरा जिल्ला अदालतका स्रेष्तेदार पुष्पराज पाण्डे, पाल्पा जिल्ला अदालतका स्रेष्तेदार शिवबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कानून अधिकृत दीपक घिमिरे र सर्वोच्च अदालतका इजलास अधिकृत फणेश्वरी घिमिरे जिल्ला न्यायधीशमा सिफारिस भएका छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button