हेडलाईनव्याससमाचारगण्डकी

महाशिवपुराणको आम्दानी खर्च सार्वजनिक

प्रहार समाचार । तनहुँ, चैत २२ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० दुम्सिमा रहेको पवित्र धार्मिक तीर्थस्थल दुम्दुमेश्वर  महादेव  ( शिव ) मन्दिरमा गरिएको महा शिवपुराणको बिहिवार  पत्रकार सम्मेलन गरि आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ ।

दुम्दुमेश्वर  महादेव  ( शिव ) मन्दिर संरक्षण समितिले गत फागुन १७ गतेदेखि २७ गतेसम्म मन्दिरको वृहत्तर विकास तथा त्यहाँ निर्मित शिव मन्दिरको प्राण प्रतिष्ठाका लागि मन्दिर हाताभित्र महाशिवपुराणको आयोजना गरेको थियो।
उक्त महाशिवपुराणमा स्थानीय जिल्लावासी, स्वदेश तथा विदेशमा रहेका समाजसेवी ,  स्थानिय आमा समूह, क्लव, बुद्धिजीवी , संघसंस्था , स्थानीय निकाय लगायतले आर्थिक सहयोग गरेका थिए।
उक्त कार्यक्रमबाट ३२ लाख ४३ हजार १४ रुपैयाँ आम्दानी भएको र १२ लाख ७९ हजार १ सय ९७ रुपैया खर्च भई १९ लाख ६३ हजार ८ सय १७ रुपैयाँ बचत हुन पुगेको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष नारायण प्रसाद रिजालले जानकारी दिए ।


मन्दिर संरक्षण समितिका अध्यक्ष एवं महापुराण मूल समारोह समितिका सभापति धर्म गिरीको सभापतित्वमा सम्पन्न उक्त आयवाय विवरण प्रस्तुत गर्ने कार्यक्रममा सल्लाहकार एवं समाजसेवी तुलसीराम सापकोटा , वडा सदस्य यज्ञप्रसाद शर्मा, मन्दिर संरक्षण समितिका उपाध्यक्ष लिलावती कडेल  , शिवालय आमा समूहका अध्यक्ष विष्णु लामिछाने , सचिव प्रकाश थापा , मन्दिरका सल्लाहकार ऋषिराम ढुङ्गाना लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
उक्त महापुराणबाट बचत भएको रकमलाई मन्दिरको सवाङगिण विकासमा पारदर्शी ढंगले खर्च गरिने अध्यक्ष धर्म गिरीले प्रहार समाचारलाई बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button