हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर आंशिक बदली रहने

प्रहार समाचार । काठमाडौँ, चैत २२ । नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ।जसको प्रभावले आज  देशभर आंशिक बदली रहने र मुख्यतया मौसम सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र  कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो  देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button