प्रहार समाचार । काठमाडौँ, चैत १७ ।अहिले देशभर आंशिक बदलीदेखि मौसम सफा रहेपनि दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना कायमै रहेकोमौसम पूर्वानुमान महाशाखाले जनाएको छ छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। नेपालमा न्यून चापीय वायुको प्रभाव कमजोर भई मौसममा भोलिदेखि भने सुधार हुने महाशाखाको पूर्वानुमान छ ।
























