हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

स्थानीय तहले बत्ती प्रयोग गरेबापत प्राधिकरणलाई  अरबौ रुपैयाँ तिर्न बाँकी

प्रहार समाचार । काठमाडौँ, चैत १६ । नेपाल विद्युत् प्राधिकरणलाई देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत अरबौ रुपैयाँ तिर्न बाँकी रहेको छ। 

प्राधिकरणका अनुसार देशभरका विभिन्न स्थानीय तहहरुले प्राधिकरणलाई ६ अर्ब रुपैयाँ भन्दा बढि रकम भुक्तानी गर्न बाँकी रहेको हो । यति ठूलो रकम बक्यौता रहेपछि प्राधिकरणले आज एक सूचनानै निकालेर तत्काल रकम तिर्न ताकेता गरेको छ।

 प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन,२०४१(संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।  यस्तो छ प्राधिकरणको सूचना :

बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गराउन आग्रह समेत प्राधिकरणले सूचना मार्फत आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button