प्रहार समाचार । तनहुँ, चैत १४ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । जस अन्तरगत .लमजुङको चम्पादेवी रोडा ढुङ्गा बालुवा प्रशोधन केन्द्र पनि सूचीमा परेको छ। उक्त प्रा लि लमजुङ्गको राइनस नगरपालिका वडा नं ६ मा पर्दछ भने यसका प्रोपाइटर मदनराज चौलागाई रहेका छन् । उक्त कम्पनीलाई एक वर्षकालागि कालो सूचिमा राखिएको हो। यस अवधिभर कम्पनीले कुनै पनि सर्वजनिक खरिद प्रक्रिया गर्न पाउने छैन ।

विभिन्न सार्वजनिक निकायहरुले गरेको सिफारिसका आधारमा कार्यालयले प्रक्रिया पुर्याएर कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
सूचनामा भनिएको छ “तपसिलका सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम यस कार्यालयको मिति २०८० / १२/ १३ गतेको निम्नानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी आपूर्ति कर्ताहरूलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ” ।
यस्तो छ कालोसूचिको लिष्ट:

























