हेडलाईनसमाचारगण्डकीम्याग्दे

सिद्ध झाक्रि एंव सिद्धेश्वर महादेव संरक्षण समितिको अध्यक्षमा आचार्य सर्वसम्वत चयन

प्रहार समाचार । तनहुँ , चैत १२ । तनहुँको  म्याग्दे–७ साँगे पयर ठुलोपहरा स्थित सिद्ध झाक्रि एंव सिद्धेश्वर महादेव संरक्षण समितिको अधिवेशन तथा साधारण भेला सम्पन्न भएको छ।

अधिवेशनको उद्घाटन गर्दै  गण्डकी प्रदेश सदस्य श्याम राजा महतले मन्दिर क्षेत्रको संरक्षण र प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सोही क्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले ठुलोपहरा स्थित रहेको गुफा संरक्षण गरि धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा  वडा नं ७ का अध्यक्ष बसन्त कुमार श्रेष्ठ, १ का अध्यक्ष मणिभद्र वाग्ले, वडा नं ७ का सदस्य ध्रवबहादुर नेपाली,  नाराणण ज्ञवाली, बलराम वाग्ले, गोमा वाग्ले, गौरा देवि खवास लगायतले मन्तव्य राखेका थिए ।
भेलाले समाजसेवी श्रीभद्र आचार्यको अध्यक्षतामा   मन्दिर संरक्षण समितिको नयाँ कार्य समिति गठन गरेको छ ।  नव गठित समितिको उपाध्यक्षमा नारायण ज्ञवाली, सचिवमा दोधराज रेग्मी, कोषाध्यक्षमा रविना धर्ती र सह सचिवमा पवित्रा खवास चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा मोहन बिक्रम शाही, लक्ष्मी भण्डारी, दुर्गा देवी वाग्ले, नारायण माझी, केशव बिक, गंगा वाग्ले, सुरज बोहोरा, रेशम नेपाली, दलीसरा सुनारी,चन्द्र मणि ओझा, पवित्रा नेपाली, अतिराम नेपाली ,माधव प्रसाद पण्डित ,गौरा देवि खवास, सृजना वाग्ले, लिलावति कामी, गोविन्द नेपाली र कमला बिक चयन भएका छन् ।

सिद्ध झाक्रि एंव सिद्देश्वर महादेव सरक्षण समितिकी अध्यक्ष ईश्वरी वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा सपना पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने पिपल चौर टोल बिकास संस्थाका अध्यक्ष दोधराज रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए । साथै भेलाले ठुलोपहरामा रहेको गुफाको प्रचारप्रसारको बारेमा समेत छलफल गरेको थियो ।

गुफाभित्र अवलोकन गर्दा शिवलिङ्ग,गणेश,नाग,शंख लगायत विविध प्राकृतिक आकृतिहरू स्पष्ट देखिने नव गठित समितिका अध्यक्ष आचार्यले जानकारी दिए । उक्त गुफामा रहेका भगवानको सुन्दर अलौकिक दृश्यहरूको साथै १०८ वेल बृक्षको प्रचार प्रसार गराउने उद्देश्यले पनि भेला आयोजना गरिएको उनले बताए ।
सोही अवसरमा गुफा, सिद्देश्वर शिव लिङग, सिद्द झाक्रि एवम् सागे सेरोफेरोका बारेमा पौराणिक लेख, रचना, कविता, मुक्तक समेत प्रस्तुत गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button