हेडलाईनसमाचारप्रदेशस्वास्थ्यसूचना प्रविधि

पृथ्वीको तापक्रम दिन प्रतिदिन बढ्दै

प्रहार समाचार । काठमाडौ, चैत ७ बुधवार । पृथ्वीको तापक्रम गत वर्षकोभन्दा बढेसँगै संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ ।

राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) को प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हाल सम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ । गत वर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्युएमओले बताएको छ । यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो । सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा मुलुकहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न सहमत भएका थिए । 

सन् २०२४ ले सन् २०२३ को रेकर्ड तोड्ने उच्च सम्भावना छ,’ डब्ल्युएमओका जलवायु अनुगमन प्रमुख ओमान बद्दुरले भने ।  प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गरे । ‘पृथ्वी सङ्कटमा छ, जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याउँदैछ जसले गर्दा द्रुत गतिमा परिवर्तन भइरहेको छ,’ एक भिडियोमार्फत् महासचिवले चेतावनी दिँदै भनेका छन् ।

डब्ल्युएमओका अनुसार गत वर्षको औसत तापमान १.४५ डिग्री सेल्सियस थियो । ‘हामी पेरिस सम्झौताको एक दशमलव पाँच डिग्री सेल्सियसको यति नजिक कहिल्यै थिएनौँ, २०२३ ले प्रत्येक जलवायु सूचकका लागि नयाँ रेकर्ड बनायो,’ डब्ल्युएमओ प्रमुख सेलेस्टे साउलोले भने, ‘हामीले २०२३ मा विशेषगरी अभूतपूर्व समुद्रको तातोपन र समुद्री बरफको कमीको अनुभुति गर्यौँ, यो नै समस्याको विशेष कारण हो ।’

डब्ल्यूएमओको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्यान्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीहरूको १० प्रतिशत मात्रा गुमाएको छ । अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो । – लोकान्तर बाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button