प्रहार समाचार । मोरङ, चैत ३ शनिवार । नेपाली लेखक सङ्घ कोशी प्रदेश समितिको अधिवेशनले साहित्यका कोकुल अधिकारी ( मोरङ ) लाई चयन गरेको छ।
सङ्घका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको उपस्थितिमा भएको अधिदेशले सङ्घको उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर) र लता खरेल (झापा), महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ) चयन गरेको छ। यसै गरि समितिको सदस्यहरुमा कृष्ण अधिकारी (सुनसरी), मिलनकुमार ढुङ्गाना (झापा), पूजा बहार (सुनसरी), मनु विश्वकर्मा (धनकुटा), डा भेषराज खनाल (ओखलढुङ्गा), केजी सुब्बा (धनकुटा) र फणिराज नेपाल (सङ्खुवासभा)लाई चयन गरिएको निर्वाचन समितिका संयोजक प्राध्यापक कविराज न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा सहअध्यक्ष रत्नमणि नेपाल, महासचिव मनोज न्यौपाने, प्रदेश अधिवेशन आयोजक समितिका संयोजक प्राज्ञ विवश पोखरेल, निर्वाचन समितिका सदस्य डा विमला श्रेष्ठ, प्राध्यापक गङ्गाधर कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विसं २००८ मा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारको अग्रसरतामा सो सङ्घ स्थापित भएको हो ।
























