प्रहार समाचार । तनहुँ, फागुन ११ शुक्रवार ।तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ खैरेनिटार तिम्सिनाचोकमा पार्किङ गरी राखेको स्काईभेटरबाट डिजल चोर्न दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पक्राउ परेकाहरुमा ग १ ख ६८०७ नं. को टिप्पर धनी व्यास वडा नं. १० वैरेनी घर भएका ३० बर्षिय अर्जुन बि. क. र सोहि स्थानकै ट्रिपर चालक ३२ बर्षिय लिलामणी दराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।
उनिहरुले गए राती कास्की पोखरा १४ चाउथे बस्ने लिला लामीछानेको बा २ क ३२२८ नम्वरको स्काईभेटरको ट्याङ्कीबाट एक सय सत्तरी लिटर डिजेल चोरी गरेका थिए । उनिहरु दुबैजनालाई ई.प्र.का. वेलचौतारा बाट खटीएको प्रहरी टोलीले भिमादबाट पक्राउ गरेको हो ।

निजहरुलाई नियन्त्रणमा लिए पश्चात ट्रिपर धनी अर्जुन वि. क. को घरमा खानतलासी गर्दा थप २६५ लिटर डिजल वरामद भएको थियो।दुवै जनालाई चोरी सम्वन्धी कसूरमा जिल्ला अदालत तनहुँवाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
























