हेडलाईनसमाचारबागमतीसूचना प्रविधि

ललिता निवास क्षेत्र एक साताभित्र खाली महानगरको आग्रह

प्रहार समाचार । काठमाडौँ, फागुन ९ बुधवार ।ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ। महानगरले  एक सूचना जारी गर्दै  विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै  सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न आग्रह गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको ले ललिता निवास खाली गराउन महानगरले सक्रियता थालेको हो । 

तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी समेत महानगरले दिएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button