लुम्बिनीहेडलाईनसमाचार

कपिलवस्तुको सुरइ खोलामा गएराति बस दुर्घटना : १० को मृत्यू २९ बढि घाइते

प्रहार समाचार । कपिलवस्तु फागुन ३ विहिवार ।पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु शिवराज नगरपालिका-१ सुरइ खोलामा गएराति दुर्घट बस दुर्घटना भएको छ ।


उक्त दुर्घटनामा  हालसम्म १० जनाको मृत्यु पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।  मृतकको सनाखत भने हुन सकेको छैन ।महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप ०२–००१ ख ००९८ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु सुरइना खोलामा गएराति दुर्घटना भएको थियो । 

दुर्घटनामा २९ जना घाइते भएका छन भन तीमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको स्थानिय सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । उनका अनुसार मृतकको शव चन्द्रौटास्थित आधारभूत हस्पिटलमा राखिएको छ ।  ९ जना घाइतेलाई थप उपचारको लागि बुटवल पठाइएको छ । अन्य २० जनाको कपिलवस्तुमै उपचार भइरहेको छ ।

बस तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस सम्बन्धि प्रहरीले थप अनुसन्धान अगाडी बढाएको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button