हेडलाईनव्याससमाचारगण्डकी

लोकतन्त्रको रक्षाको लागि मेलमिलाप अत्यावश्यक

प्रहार समाचार । तनहुँ, पुस १७ मंगलबार ।
लोकतन्त्रको रक्षाको निम्ति नेपाली कांग्रेसले सिद्धान्त नमिल्ने पाटीसँग मेलमिलाप गर्नु परेको वक्ताहरुले बताएका छन् । नेपाली कांग्रेस तनहुँले सोमबार दमौलीमा गरेको ४८ औं राष्ट्रिय एकता दिवसको अवसरमा गरेको विचार गोष्ठीमा बताएका हुन् ।


कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति वैकुण्ठ न्यौपानेले लोकतन्त्रमाथि आक्रमण भईरहेकोले सिद्धान्त नमिले पनि कम्युनिष्टसँग मेलमिलाप गर्नु जरुरी रहेको बताए । राजा निरकुंश भएर आफ्नो अधिकार भन्दा बाहिर गएर लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेकोले संवैधानिक राजतन्त्र कांग्रेसले त्याग गरेको चर्चा  न्यौपानेले भने- ‘ प्रजातन्त्रको संरक्षण गर्नको लागि विचार नमिले पनि कम्युनिष्टसँग मेलमिलाप गरिएको हो ‘ । विपी कोईराले राष्ट्रिय र प्रजातन्त्र विना देश नरहने भएकोले मेलमिलाप गरेको भन्दै न्यौपानेले विपीको मेलमिलाप नीति हाल पनि उत्तिकै सान्र्दभिक रहेको बताए ।

‘कार्यक्रममा कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले जनताको हित र भलो देख्न सक्ने नेता मात्रै जनताले सम्झने नेता हुने उल्लेख गर्दै विपीलाई कसैले बिर्सन नसक्ने नेता भएको बताए ।

कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे बिक, गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, गण्डकी प्रदेश सभाका पूर्व सदस्य सरीता गुरुङ, नेपाली कांग्रेस तनहुँका उपभापतिद्धय राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, नेपाली कांग्रेस व्यासनगर सभापति सूर्यचन्द्र हड्खले , सचिव सहदेव अधिकारी, पूर्व सचिव लक्ष्मी आचार्य, नेपाल महिला सङ्घ तनहुँको अध्यक्ष पवित्रा पौडेल लगायतका वक्ताहरुले विपीले लिएको मेलमिलाप नीतिलाई ध्यानमा सोही अनुसार कांग्रेस अघि बढ्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button