शुक्रबार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला को गाडीमाथि आगजनी भएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी शुक्रबार जलाइदिएका हुन्।
‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ । मलाइ थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्यौं।

उनीहरूले पहिले हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ,’ उनले भने।आफूसहित दुईजना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको उनले बताए। हामी त कसोकसो उम्कियौँ। ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन। सबै त्यहीँ पर्यो। हामी भीडबाट सकुशल उम्कियौँ। गाडीचाहिँ पूरै आगो लगाएका छन्। त्यहाँ अहिले पनि तनाबकै अवस्था छ,’ उनले भने।
























