हेडलाईनसमाचारगण्डकी

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना प्रतिवेदन : मानवीय त्रुटिका कारण भएको निष्कर्ष

प्रहार समाचार । कास्की, पुस १२ बिहिबार । गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष प्रतिवेदनले निकालिएको छ।

दुर्घटना जाँच आयोगले बिहीबार मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई हस्तान्तरण गरेको हो।
 पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरास्थित सेती खोँचमा खसेर दुर्घटना हुँदा सबै यात्रुको दुःखद निधन भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button