हेडलाईनसमाचारप्रदेश

‘बक्यौदा रकम नतिर्ने उद्योगको लाइन काटिने छ ‘ : निर्देशक घिसिङ

प्रहार समाचार । काठमाडौं, पुस  १२ बिहिबार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्याैदा रकम नतिर्ने उद्योगको लाइन काट्ने बताएका छन् ।

अहिले सम्म पनि बक्यौता रहेको रकम नतिरेपछि ६१ वटा उद्योगको लाइन काटिने बताएका हुन् । घिसिङले दोस्रो विकल्पको रूपमा भनेको पुनरावलोकनमा आउनुपर्ने बताएका छन्। बक्यौताको २५ प्रतिशत रकम जम्मा गरेर आउनेको समस्य समाधान  हुने उनले बताए। 
बिहीबार पत्रकार सम्मेलनमा घिसिङले वर्षौंदेखि उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनको रकम नतिरेकोमा आफू मौन बस्ने अवस्था नरहेको उनले बताए।  


घिसिङले भने – ‘६१ वटा उद्याेगको यस्तो बक्यौता छ हामी क्रमिक रूपमा अन्यको पनि लाइन काट्दै जाने नै हो। यो मैले रोकेर रोकिने विषय नै छैन। प्राधिकरणको कारण उद्योगलाई समस्या भएको होइन। जहाबाट समस्या भएको हो। त्यहीँबाट गर भनेको छ। बक्यौता तिर्न आएइन्स्टलमेन्ट स्टलमेन्ट दिन्छौं। तालिका बनाएर कति समयमा तिर्न सकिन्छ। यो पहिलो विकल्प हो।’ 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button