हेडलाईनव्याससमाचारगण्डकीप्रदेश

लोकतान्त्रिक अपाङ्ग सङ्घको केन्द्रीय अध्यक्षमा प्रकाश पन्थ

प्रहार समाचार | काठमाडौँ, मंसिर १२ मंगलबार ।राष्ट्रिय सभाका सदस्य तथा राष्ट्रिय सभाको दिगो व्यवस्थापन समितिका सभापति प्रकाश पन्थ राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको केन्द्रीय अध्यक्षमा नियुक्ति भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज मंगलबार  नेपाली कांग्रेसको विधान २०१७ ( संशोधन सहित) को धारा ४२ को १ (च) बमोजिम लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका हुन्।

यसै गरि सभापति देउवाले विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), र नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु)  लाई नियुक्त गरेका छन् ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button