हेडलाईनसमाचारभानुगण्डकी

रास्वपाका सांसद घरदैलो कार्यक्रममा : डा. स्वर्णीम वाग्ले तनहुँको भानुमा

प्रहार समाचार । तनहुँ, मंसिर ४  सोमबार ।
केन्द्रीय कार्य तालिका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णीम वाग्ले आज भानु नगरपालिकाको वडा नं. ३ खहरे, उपल्लो मगर बस्ती लगायतमा रहेका कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् I बिहान ८ बजेबाट घरदैलो कार्यक्रममा निस्किएका वाग्लेले जनताको गुनासो, सुझाव तथा रायहरू बटुल्दै आफू जनताकै साथमा रहेको बताए। उनले परम्परागत यथास्थितिबादी सोचमा आमूल परिवर्तनको खाँचो रहेको चर्चा गर्दै गाउँको विकास बिना देशको विकास नहुने बताए।

त्यस अबसरमा जनताहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी लगायतका विषयहरूमा आफूहरूले भेग्नु परेको सास्तिको बारेमा सांसाद वाग्लेलाई जानकारी गराएका थिए । यस अघि सांसद डा.वाग्ले शनिबार भानु नगरपालिका वडा नं. ३ को खहरे, उपल्लो मगर बस्ती, वडा नं. १,४,५ र ६ नम्बरको सम्पर्क कार्यालय उद्घाटन तथा ति वडाहरूको बारीफाँट, खड्की गाउँ, बोहोरा गाउँ, चन्द्रावती, पोखरीछाप लगायतका कायकर्ताहरुसंग भेटघाटमा व्यस्त रहेको रास्वपा व्यासनगर सभापति सूर्यमणि पौडेलले जानकारी दिए ।


त्यसैगरि सांसद् वाग्लेले हिँजो भानु नगरपालिकाको वडा नं. १२ को घलेछाप, वडा नं. १० को कोटगाउँ, लौडारी भञ्ज्याङ, ७ को कामी भन्ज्याङ, थानीमाई मन्दिर, ८ को मान्द्रे हटिया लगायतका स्थानहरूमा भेटघाटमा व्यस्त रहेको पाटीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button