प्रहार समाचार | बागलुङ, कार्तिक १७ शुक्रबार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता र संविधानमा आएका समस्या समाधान गर्ने जिम्मा नेपाली कांग्रेसकै भएको बताएका छन् ।
उनले संविधान र संघीयता ठीक छैन भन्ने तत्त्व विरुद्ध लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस बागलुङ जिल्ला सम्मेलनको शुक्रबार उद्घाटन गर्दै देउवाले संविधान विरोधी तत्त्वलाई ठेगान लगाउन कांग्रेस कार्यकर्ता एक हुन समेत आग्रह गरे ।पछिल्लो समय आइरहेका अफवाह प्रति विश्वास नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘अरु कसैले जे भन्यो त्यसैमा बहकिने होइन, कांग्रेसले संविधान कार्यान्वयन गरेर छाड्छ,’ देवाको जोड थियो।उनले भने, आगामी निर्वाचनमा पनि कांग्रेसलाई ठूलो दल बन्ने छ’ ।
सम्मेलनमा भाग लिन गाउँगाउँबाट ठूलो संङ्ख्यामा कार्यकर्ता सदरमुकाम आएका थिए । सम्मेलनमा कांग्रेसले १ सय ५ जना ७५ वर्ष काटेका जेष्ठ कार्यकर्ता र सशस्त्र द्वन्द्व तथा अन्य आन्दोलनका सहीद परिवारलाई सम्मान गर्यो । दुई दिनसम्म चल्ने सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले प्रशिक्षण गर्ने पार्टी सभापति जितबहादुर शेरचनले बताए ।




















