हेडलाईनव्याससमाचारगण्डकी

बराहखोलामा रहेको पवित्र बराहा देवि मन्दिर ओझेलमा

प्रहार समाचार । कर्तिक ९ बिहिबार । तनहुँको व्यास नगरपालिका वडा नं. ११ निर्ब, बराह खोलामा प्राकृतिक हरियालीले  ढाकेको  पवित्र बराह देवि मन्दिर ओझेलमा परेको छ ।

      सुरुमा खरको छानाले छाइएको सानो मन्दिरको आकृतिबाट सुरु भएको यस मन्दिरलाई स्थानिय पूर्ण बहादुर गुरुङले स्थायी संरचनाको मन्दिर बनाई दिएपछि  क्रमश अहिले आएर सुन्दर मन्दिर, पार्टी, मत्स्यकुण्ड लगायतका संरचना निर्माण भएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री डोबाटे विकको पहलमा बजेट विनियोजन गरेपछि प्यागोडा शैलिको आकर्षक मन्दिर मन्दिर बनेपछि मन्दिरको आर्कर्षण बढेको स्थानिय बासिन्दाहरु बताउँछन् ।
   मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसी राम भण्डारी वि.सं. १९४६ सालमा सुवेदार धर्मराज अधिकारीले चढाएको घण्टी मन्दिर भित्र सुरक्षित राखिएको बताउदै भाकल गरेको खण्डमा तथा आपत विपत परेको खण्डमा यस बराहादेवीलाई सम्झेको खण्डमा समस्या समाधान हुने जनविश्वास रहको बताउछन्।

    चारैतिर हरियाली रुखहरुले ढाकिएको यस बराह खोलाको काखमा रहेको यस मन्दिर साँच्चै  नै सुन्दर रहेको छ । मन्दिर हाताभित्र पुरानो मन्दिर तारजालीले घेरेर टिनको छानाले छाइएको जलकुण्डमा छाव्दी देवी बाराहीका जस्तै माछा रुपी देवी रहेका छन् । किम्बदन्ती  अनुसार छाव्दी बाराही देवी र यस बाराही देवी दिदिबहिनी हुने भन्ने पनि रहेको छ । मन्दिर हाता ढुङ्गाले चिठेर चिटिक्क पारिएको छ भने एउटा कार्यक्रम गर्न मिल्ने टिनले छाइएको हल, अर्को जलकुण्ड लगायतका संरचनाहरु बनेका छन् ।
यस मन्दिकाे हातामा मन्दिरकाे संरक्षणका लागि कम्पाउण्ड, रेलिङ प्रवेशद्वार लगायतका संरचनाहरु अझै पनि बन्न सकेका छैनन्। यस्काे विकास र उचित प्रचारप्रसार गर्न सकेकाे खण्डमा निश्चयनै यस बराह देवि मन्दिर धार्मिक पर्यटनका हिसाबले देशैभर  चर्चामा आउने निश्चित छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button