हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

६ प्रदेशमा विहानैदेखि वर्षा : बाढी, पहिरो तथा भू–क्षयको जोखिम

प्रहार समाचार । काठमाडौँ, १२ असार २०८१ । आज बिहानैदेखि देशका ६ प्रदेशमा पानी परिरहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानसहित बाँकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको कारण भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहेको महाशाखाले जनाएको छ ।

 

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


आज राति पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button