प्रहार समाचार । काठमाडौ, १३ असार २०८१ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन गरेको एसईई परीक्षाको नतिजा सार्वजनिक भए संङ्गै शिक्षा क्षेत्रमा नयाँ तरङ्ग पैदा गरेको छ।
परीक्षामा सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न नपाउने भएका छन् । ४७.८६ प्रतिशत विद्यार्थीहरु मात्र ११ कक्षामा भर्ना हुन पाउने भएपछि सरकारले गरेको शिक्षामाथिको लागानी तथा अविभाभवहरुको मेहनत माथि प्रश्न उठ्न थालेको हो ।
तनहुँको व्यास नगरपालिका वडा नं १० बैरेनीमा रहेको चण्डिदेवि राष्ट्रिय माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक काशिनाथ गौली शिक्षामा चरम राजनीतिको परिणाम अहिलेको परीक्षाको नतिजा भएको बताउँछन् । शिक्षामा राजनैतिक दलका कार्यकर्ता भर्ती गर्ने परम्पराकाको अन्य नभएसम्म र शिक्षा नीतिमा आमूल परिवर्तन नभएसम्म शिक्षाको हबिगत यस्तै रहिरहने पूर्व प्र अ गौलीको जिकिर छ।
जिल्ला शिक्षा कायालय तनहुँका पूर्व नासु युद्धप्रसाद वाग्ले विद्यार्थीहरुमा गुणात्मक शिक्षाको कमी तथा अविभाभकहरुमा आफ्ना छोराछोरी प्रति चासो नहुनु अहिलेको परीक्षाको नतिजा आएको बताउँछन् ।
दमौलीकै एक सामुदायिक विद्यालयमा यसै वर्ष एसईई परीक्षा दिएर असफल राकेश श्रेष्ठ ( नाम परिवर्तन ) परिवर्तित शिक्षण पद्धति को अभाव तथा घोकन्ते विद्याका कारण यस्तो परिणाम आएको बताए ।
सार्वजनिक भएको नतिजाअनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ।
नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको छ ।परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।कुनै एक विषयमा नन ग्रेड भए ११ कक्षा पढ्न अयोग्य हुन्छन् ।
गणितपछि विज्ञान विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् ।अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ र सामाजिक अध्ययनमा ७३ हजार ८७७ जनाले एनजी ल्याएका छन् ।
बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ। तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ। उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।