प्रहार समाचार । काठमाडौं , मंसिर २९ शुक्रबार । गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी र एक महानिर्देशकको सरूवा गरेको छ भने आठजना सहसचिवको पदस्थापना गरेको छ।
शुक्रबार गृह मन्त्रालयले सूची निकाल्दै प्रजिअ , महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा भएको जानकारी दिएको हो। जिल्ला प्रशासन पाल्पामा कार्यरत प्रजिअ बन्धुप्रसाद बास्तोला झापा, कपिलवस्तुका शंकरहरी आचार्य सुर्खेत, सुर्खेतका नारायण प्रसाद सापकोटा भोजपुर, भोजपुरका हरिप्रसाद घिमिरे उदयपुर र उदयपुरका जनार्दन गौतम तनहुँमा सरूवा भएका छन् ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव आनन्द काफ्लेको जिल्ला प्रशासन कार्यालय पाल्पामा पदस्थापना भएको छ। यस्तै, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सरूवा भएका छन् ।