प्रहार समाचार । काठमाडौँ, चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताएका छन् ।
चतराधाममा मंगलवारदेखि शुरू भएको १२ वर्षे कुम्भ मेलाको उद्घाटन कार्यक्रममा उनले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्द्धन गर्न सबैको एउटै गठबन्धन हुनुपर्ने बताएका हुन् ।
उनको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसाथ गर्न आग्रह गरे । कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई उत्प्रेरणा मिलोस् भन्ने कामना समेत राष्ट्रपतिले गरे।ग ।’