प्रहार समाचार । काठमाडौँ , ४ मंसिर २०८१ मेगलवार । हङकङको एक अदालतले प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्ष जेल सजाय सुनाएको छ।
अदालतले प्रजातन्त्र समर्थक कार्यकर्ता बेनी ताईलाई १० वर्ष र जोसुवा वोङलाई चार वर्षभन्दा बढी जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।
लोकतन्त्र समर्थक कार्यकर्ताहरू विवादास्पद राष्ट्रिय सुरक्षा कानूनको विरुद्धमा रहेको अदालतको ठहर छ । अदालतले ४७ कार्यकर्ता, विपक्षी सांसद र अधिकांश सर्वसाधारणलाई तोडफोडको षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
अमेरिकाले अदालतको फैसलालाई राजनीतिबाट प्रेरित भनेको छ । जबकि चीन र हङकङले कानुन र स्थिरताका लागि यो आवश्यक भएको प्रतिक्रिया दिएका छन् । – लोकान्तर अनलाईनबाट