प्रहार समाचार । तनहुँ , चैत ९ शुक्रवार । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको दर बढेको छ। गत एक सातामा कोरोना भाइरसको सङ्क्रमण दर बढेको स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कमा उल्लेख छ।
प्राप्त विवरण अनुसार गत आठ दिनमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन मा २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कुनै पनि निकायले कोरोना सङ्क्रमण रोक्न तथा सचेतना सम्बन्धि कुनै पनि कार्यक्रम नगर्दा यो दर बढेको विज्ञको भनाइरहेको छ। कोरोना भाइरसको सङ्क्रमण बढेको भए पनि यसको रोकथाममा स्थानिय निकाय लाग्नु पर्ने स्वास्थ्य कर्मीहरुको भनाई रहेको छ। तत्काल उचित कदम नचाले कोरोनाले महामारी रूप लिने डाक्टरको भनाई छ। द