प्रहार समाचार । काठमाडौँ, बैशाख ६ । रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आफन्तजनहरुले सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गरेका छन्। निषेधित क्षेत्र प्रवेश गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आफन्तहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप परेको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ । सो क्रममा विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए ।