हेडलाईनसमाचारसबै प्रदेश

सिंहदरबारमा सरकारविरुद्ध अर्धनग्न प्रदर्शन

प्रहार समाचार । पुस १६ सोमबार ।
सरकार बिरुद्ध  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर अर्ध नग्न प्रदर्शन भएको छ ।


मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले
सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय परिसर पुगेर ३ युवाले सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन् । उनीहरूले मान्छे मार्न पाइँदैन, ‘नो एमसीसी’लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

 

सामान्य पोशाकमा सिंहदरबार छिरेका युवा प्रधानमन्त्री कार्यालयको ढोकैअगाडि पुगेर अर्धनग्न बनेका थिए । शुरूमा त्यहाँ रहेका सुरक्षाकर्मी अन्योलमा परे । तत्काल थप प्रहरी आएर उनीहरूलाई पक्राउ गर्न भ्याए ।

ढोकैअगाडि प्रदर्शन भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यालयमै थिए । बालकुमारी घटना, एमसीसी, महंगी, भ्रष्टाचार लगायतविरुद्ध प्रदर्शन गरिएको प्रदर्शन .कारीको भनाई छ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button