हेडलाईनसमाचारसबै प्रदेश

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा  १३ वटा घर जले

प्रहार समाचार । खोटाङ , बैशाख १३ ।  सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरी खोटाङमा १३ वटा घर खरानी  भएका छन् ।

बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी भएको प्रहरीले जनाएको बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार आगलागिका कारण भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगर  र  गङ्गामायाँ मगरको दुईवटा घर र दुईवटा मचान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद ५० हजारलगायत जलेको छ । 

 

त्यसै गरि खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ । डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ । खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ । 
गत साउनदेखि हालसम्म जिल्लामा एक सय नौ वटा आगलागीका घटना हुँदा चार करोड नौ लाख २२ हजार छ सय बराबरको धनमाल जलेर खरानी भएको बताइएको छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button