हेडलाईनसमाचारसबै प्रदेश

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

प्रहार समाचार । काठमाडौँ , जेठ ६ । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ। 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ ‍दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए।

बैठकले छानबिन समितिका लागि कार्यादेश तय गर्न कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा कांग्रेसबाट सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद शिशिर खनाल सदस्य छन्। 

 

छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमालेबाट अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले थिए। 

कांग्रेसबाट सभापति शेरबहादुर देउवा,  नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।- सेतोपाटीबाट

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button