प्रहार समाचार । काठमाडौँ, जेठ १५ । अन्ततहः सरकारले सहकारी ठगीमा छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि संसद्मा उठाउँदै आएको माग मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यको नाम सुनाएका हुन् ।
समितिको सभापति सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापालाई तोकिएको छ । समितिमा नेपाली कांग्रेसको तर्फबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेको तर्फबाट थापा र सरिता भुसाल सदस्य छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल, राप्रपाका ध्रुबबहादुर प्रधान र रास्वपाका शिशिर खनाल छन् । समितिलाई तीन महिनाको समय तोकिएको सभामुख घिमिरेले संसद् बैठकमा जानकारी गराए । समितिले विभिन्न २९ वटा सहकारीको बारेमा छानबिन गर्नेछ । समिति गठन भए संगै संसदको गतिरोध पनि अन्त्य भएको छ।