प्रहार समाचार । सलाही, पुस २० शुक्रबार । सर्रलाई जिल्लाको बरहथवा नगरपालिका–५ मा भएको झडपको स्थिति सामान्य नभएपछि स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन भोलि बिहान सम्मका लागि कर्फ्यू लगाएको छ
स्वास्थ्य चौकी स्तरोन्नति कसले गर्ने भन्ने विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि शुकबार दिन भर त्यस क्षेत्र तनावग्रस्त भएको थियो। स्थिति सामान्य नभएकाले स्थानीय प्रशासनले भोलि बिहानसम्म कालागि कर्फ्यू लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए ।
शुक्रवार साँझसम्म पनि स्थानीयले प्रदर्शनलाई जारी राखेपछि स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन भोलि बिहानसम्मका लागि कर्फ्यू लगाएको छ । प्रदर्शनका क्रममा बरहथवा–६ का जयशंकर साहको गोली लागेर मृत्यु भएको बताएको छ।
बरहथवा नगरपालिका प्रमुखको घरमा आन्दोलनकारीहरूले आगो लगाई क्षति पुर्याएका छन् । अहिले पनि नगर प्रमुख कल्पनाकुमारी कटुवाल कार्यालय भित्रै रहेको सहायक सीडीओ घिमिरेले बताए ।