हेडलाईनसमाचारसबै प्रदेश

सम्पत्ति शुद्धीकरण मुद्दामा मनीष भनिने दुर्गासिंह तामाङ दोषी ठहर : ६ वर्ष कैद ५४ लाख बढि जरिवाना

प्रहार समाचार । काठमाडौँ, बैशाख ३१ । सम्पत्ति शुद्धीकरण मुद्दामा मनीष भनिने दुर्गासिंह तामाङ दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरको इजलासले सोमवार तामाङलाई दोषी ठहर गरेको हो । विशेषले तमाङलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० (१) बमोजिम कसुरको मात्रा अनुसार ६ वर्ष कैद र उनीसँग कायम रहेको सम्पत्ति २७ लाख १७ हजार ५८ रुपैयाँ नौ पैसाको दोब्बर ५४ लाख ३४ हजार एक सय १७ रुपैयाँ ९२ पैसा जरिवानाको फैसला सुनाएको छ ।

लागुऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट कसुरदार ठहर भई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएका तामाङ उच्च अदालत पुगे पनि उच्चले जिल्लाकै फैसला सदर गरेको थियो ।​ लागुऔषध कारोबार बापत प्राप्त गरेको सम्पत्तिको रुपमा २३ लाख ५० हजार बरामद भएको अवस्था र आर्जन गरेको अन्य सम्पत्तिको स्रोत खुलाउन नसकेपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको थियो । तामाङलाई विशेष अदालतले  २०८१ वैशाख २४ गते दोषी ठहर गरेको हो । – लोकान्तरबाट

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button