व्यासहेडलाईनसमाचारगण्डकी

समुदायमा काँग्रेस अभियान तनहुँका टोल टोलमा सुरु

प्रहार समाचार । तनहुँ, माघ २३ मंगलवार । समुदायमा काँग्रेस अभियान अन्तरगत तनहुँको व्यास नगरपालिकाका प्रत्येक टोलटोलमा विभिन्न कार्यक्रमहरु सन्चालन भईरहेको छ ।
शहिद दिवसको अवसर पारेर माघ १६ बाट सन्चालित उक्त अभियान नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्णय एंव निर्देशनमा समुदायसँग काँग्रेस कार्यक्रमको सन्चालन गरिएको हो ।  जस अन्तर्गत अहिले तनहुँका विभिन्न वडा र टोल स्तरमा विभिन्न कार्यक्रम भईरहेको नेपाली काँग्रेस तनहुँले जनाएको छ ।

समुदायमा काँग्रेस अभियान सन्चालनकोलागि जिल्ला कार्य समितिलाई विभिन्न वडाको संयोजक तोकिएको नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठले बताए । समुदायमा काँग्रेस अभियानलाई तल्लो तहसम्म पुऱ्याई स्थानीय समुदायसँग अन्तरसंम्वादका माध्यामबाट छलफल, परामर्श गरी सुझावहरु संकलन गरिने पार्टीले जनाएको छ।

उक्त अभिययानमा पार्टीका सबै तहका सदस्य तथा शुभचिन्तकहरुलाई सकृयतापूर्वक सहभागी भई पार्टीलाई आवश्यक एंव महत्वपूर्ण सु्झावहरु दिन नेपाली काँग्रेस तनहुँले अनुरोध गरेको छ । जस अन्तर्गत सबै वडा तहमा कार्यक्रम हुने  छ । माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् ।  भियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७  प्रदेशमा शीर्ष नेता समेत खटाइएका छन् ।

 

सोही अभियान अन्तर्गत सोमबार बिहान ब्यास नगरपालिका–३ को शान्तिनगर टोलमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा समुदायमा काँग्रेस अभियानका तनहुँ जिल्लाका अभियान संयोजक अबदुल सतार मियाँको प्रमुख आथित्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली काँग्रेस वडा नम्बर ३ का सभापति अनुप रानाको सभापतित्वमा भएको सो कार्यक्रममा काँग्रेस तनहुँका निबर्तमान सभापति बैकुण्ठ न्यौपाने, गण्डकी प्रदेश समितिका सदस्य शान्तिरमण वाग्ले, महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ, जिल्ला सचिव लक्ष्मीभक्त खनाल, क्षेत्रीय सचिव दयानिधि नराल, व्यास नगर सभापति सुर्यचन्द्र हडखले, वडा नम्बर ३ का अभियान संयोजक संयोजक एवं काँग्रेस जिल्ला सदस्य सृजना तिवारी, उपसंयोजक सेफ रफत हनिफ मियाँ लगायतले समुदायमा काँग्रेस अभियानको महत्वको बारेमा चर्चा गरेका थिए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button