हेडलाईनसमाचारबागमती

संयुक्त राष्ट्र संघीय सम्मेलमा सहभागी भएर प्रधानमन्त्री काठमाडैँ आइपुगे

प्रहार समाचार । काठमाडौं, मंसिर १७ आईतबार । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८) मा सहभागी हुन गत बुधबार संयुक्त अरब इमिरेट्स दुबई गएका प्रधानमन्त्री प्रचण्ड आज साँझ काठमाडौं आइपुगेका छन्।

 

प्रधानमन्त्री प्रचण्डको स्वागत गर्न सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। 

सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड शुक्रबार र शनिबार विभिन्न बैठकहरूमा सहभागी भएका थिए। शनिबार उनले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको बताएका थिए। कार्बन उत्सर्जनमा शून्य योगदान भएपनि नेपाल जलवायु परिवर्तनको नकारात्मक असर भोग्न बाध्य भएको प्रधानमन्त्रीको भनाई थियो।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button