प्रहार समाचार । तनहुँ , फागुन २० आइतवार ।तनहुँको दमौलीमा रहेको संगम क्लबको अध्यक्षमा समाजसेवी मछिन्द्रा देवि श्रेष्ठ सर्वसम्वत चयन भएकी छन् । आजीवन सदस्य ,भूतपूर्व पदाधिकारी , शुभचिन्तक समाजसेवी एवं बजारबासीहरूको हिंजो भएको वार्षिक साधारण तथा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा सुरेश पुरी, सचिवमा कृष्णहरि गैहे, कोषाध्यक्षमा हर्क थापा, उपसचिवमा सूर्यचन्द्र लम्सल रहेका छन् ।
त्यसै गरि क्लवको सदस्यहरुमा हरि परियार , गजेन्द्र पन्थ,सुष्प श्रेष्ठ ,रफिक मिया ,प्रेमकुमार श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ ‘ख ‘ , रामचन्द्र अधिकारी र सानु काजी मिया चयन भएका छन् ।
यसैगरी समितिको सल्लाहकारहरुमा पूर्व कोषाध्यक्ष मङ्गलप्रसाद श्रेष्ठ, हुम कुमारी श्रेष्ठ , कुमार मोहन श्रेष्ठ र गौमाया श्रेष्ठ सर्व सम्बत चयन भएका छन् ।
यसअघि उक्त अधिवेशनको उद्घाटन गर्दै ब्यास २ का वडा सदस्य सुरेश वाग्लेले क्लबले आर्थिक पारदर्शितालाई ध्यानमा राखेर क्लबले सामाजिक काममा अग्रसरता देखाउनुपर्ने बताएका थिए । वार्षिक साधारण सभा तथा अधिवेशनमा १ सय २० जनाको उपस्थिति रहेको बताईएको छ ।
यसै बिच संगम क्लवमा लामो समय देखि विवादले चरम रूप लिएको छ। क्लवको आधिकारी रूपमा अध्यक्ष भएको दावी गरेका नरेन्द्र वाग्ले समूहले पनि हिंजो छुट्टै केहि व्यक्तिहरुको भेला गराएर व्यास- ५ मानुङ रिसोर्टमा अधिवेशन सहित विविध निर्णय गरेको बताइएको छ। क्लवमा ठूलो आर्थिक घोटला भएको मछिन्द्रा देवि श्रेष्ठ समूहले लगाएको छ । विवाद सिर्जना भएपछि संगम क्लवको कार्यालय व्यास- २ मा ताला समेत लगाईएको थियो । क्लवका दुबै पक्षहरुले आआफ्नै ढङ्गले धेरै पटक प्रेस विज्ञाप्तिहरु निकालेका थिए । यस विषयमा जिल्ला प्रशासन कार्यालयमा पनि पटक पटक वार्ता तथा छलफल भएतापनि हाल सम्म कुनै निष्कर्ष निस्कन नसकेको पूर्व सदस्यहरु बताउँछन् ।